images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • असोजमा वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्यो,...

असोजमा वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्यो, व्यक्तिगततर्फ औसत ४.०८९५ प्रतिशत

असोजमा वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्यो, व्यक्तिगततर्फ औसत ४.०८९५ प्रतिशत

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । नेपालका २० वटा वाणिज्य बैंकले आगामी असोज २०८३ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि भदौको तुलनामा असोजमा निक्षेपको औसत ब्याजदर घटेको छ।

    images
    images

    असोज महिनाका लागि २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४..०८९५ प्रतिशत कायम भएको छ। भदौमा यस्तो ब्याजदर औसत ४.१३६ प्रतिशत रहेको थियो। यसअनुसार व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ०.०४६५ प्रतिशतविन्दुले घटेको हो।

    त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि घटेको छ। भदौमा संस्थागत निक्षेपको औसत ब्याजदर ३.०८१ प्रतिशत रहेकामा असोजका लागि ३.०६६५ प्रतिशत कायम भएको छ। संस्थागत निक्षेपको औसत ब्याजदर ०.०१४५ प्रतिशतविन्दुले घटेको हो।

    images
    images

    एभरेष्ट बैंकको ब्याजदरमा सबैभन्दा ठूलो कटौती

    असोज महिनामा निक्षेपको ब्याजदर सबैभन्दा धेरै घटाउने बैंक एभरेष्ट बैंक बनेको छ। बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५५ प्रतिशतविन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ।

    त्यस्तै, एभरेष्ट बैंकले संस्थागत निक्षेपको ब्याजदर पनि ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ।

    नबिल बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत बनाएको छ। संस्थागत निक्षेपतर्फ भने बैंकले ३.०१ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर ०.०३ प्रतिशतविन्दुले घटाएर ३.७३ प्रतिशत बनाएको छ।

    यसैगरी, सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशत कायम गरेको छ।

    सानिमा बैंकले संस्थागत ब्याजदर बढायो

    असोज महिनामा संस्थागत निक्षेपको ब्याजदर बढाउने वाणिज्य बैंकमा सानिमा बैंक मात्र रहेको छ। बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२१ प्रतिशतविन्दुले बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ।

    सानिमा बैंकले व्यक्तिगत निक्षेपतर्फ भने अघिल्लो महिनाकै ४.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।

    प्रभु बैंकको व्यक्तिगत निक्षेप ब्याजदर सबैभन्दा धेरै

    असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा प्रभु बैंक रहेको छ। बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेको छ।

    त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित कुल १५ वटा वाणिज्य बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

    ती बैंकले भदौ महिनामा कायम रहेको व्यक्तिगत निक्षेपको ब्याजदरलाई नै असोजमा पनि निरन्तरता दिएका छन्।

    पर्याप्त तरलताले ब्याजदरमा दबाब

    बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा निक्षेप संकलनका लागि बैंकहरूबीचको प्रतिस्पर्धा केही कमजोर हुने गर्छ। अर्कोतर्फ, कर्जाको माग अपेक्षाअनुसार नबढ्दा बैंकहरूले निक्षेपमा उच्च ब्याजदर दिने दबाब कम भएको देखिन्छ।

    यसको प्रभाव असोज महिनाको निक्षेप ब्याजदरमा परेको हो। औसत ब्याजदर घटेसँगै बचतकर्ताले बैंकमा रकम राख्दा प्राप्त गर्ने प्रतिफलमा कमी आउन सक्नेछ। यद्यपि, कर्जाको ब्याजदरमा पनि यसको प्रभाव पर्न सक्ने भएकाले ऋणीका लागि भने ब्याजदर घट्ने सम्भावना रहन्छ।

    बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर असोज २०८३ को सुरुवातदेखि लागू हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend