images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ ।बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकलेआज भदौ ३१ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ।

    images
    images

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । यो ३० दिने निक्षेप संकलन उपकरणको आउँदो असोज ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend