images

२०८३ आश्विन २ गते

images
images
images

बैंक तथा वित्तीय संस्थामा एक खर्ब ७० अर्ब रुपैयाँ संकलन

बैंक तथा वित्तीय संस्थामा एक खर्ब ७० अर्ब रुपैयाँ संकलन

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ थियो । 

    images
    images

    वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ । 

    २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.७ प्रतिशत, २६.७ प्रतिशत र ६०.२ प्रतिशत रहेको थियो । २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने यस्तो निक्षेपको अंश ३६.० प्रतिशत थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend