images

२०८३ आश्विन २ गते

images
images
images

१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च, कुनको कति ?

१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च, कुनको कति ?

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ।एक वर्षदेखि किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा जनाइन्छ।१३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ।खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू छन्।

    images
    images

    नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै छ। यिनको खराब कर्जा क्रमशः ३४.८१ प्रतिशत र ३४.६४ प्रतिशत छ।समृद्धि फाइनान्सको खराब कर्जा २३.४७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, पोखरा फाइनान्सको १४.४४ प्रतिशत छ।

    गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १३.५६ प्रतिशत, एक्सेल डेभलपमेन्टको ११.७३ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत छ।त्यस्तै, नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत खराब कर्जा छ।

    images
    images

    प्रोग्रेशिभ फाइनान्सको खराब कर्जा ७.४७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको भने ७.२७ प्रतिशत खराब कर्जा रहेको पहिलो त्रैमासको वित्तीय विवरणबाट देखिन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend