images

२०८३ आश्विन २ गते

images
images
images

सुनचाँदी धितो राखेर बैंकहरुले दिए ६२ अर्ब ७७ करोड कर्जा, कुन बैंकको कति ?

सुनचाँदी धितो राखेर बैंकहरुले दिए ६२ अर्ब ७७ करोड कर्जा, कुन बैंकको कति ?

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाबाट सुनचाँदी धितो राखेर प्रवाह हुने कर्जा बढेको छ। चालु आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदीमा ६२ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । 

    images
    images

    गत आर्थिक वर्षको कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूले यो शीर्षकमा ५१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ मात्रै लगानी गरेका थिए । यस अवधिमा वाणिज्य बैंकहरूले भने सुनचाँदी धितो राखेर ५७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको  यो कात्तिकसम्म वाणिज्य बैंकहरुले ४६ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा सुनचाँदी धितो कर्जामा ६ वाणिज्य बैंकको कर्जा घटेको छ भने ९ वटा बैंकको बढेको छ ।

    यो अवधिमा सबैभन्दा धेरै सुनचाँदी धितो राखेर कर्जा प्रवाह गर्ने  बैंक नेपाल बैंक रहेको छ । नेपाल बैंकले सुनचाँदी धितो राखेर २४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले सुनचाँदी धितो राखेर २१ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्राइम कर्मसियल बैंकले १८ अर्ब ८८ करोड रुपैयाँ सुनचाँदी धितो कर्जा प्रवाह गरेको छ । लक्ष्मी सनराइज बैंकले ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ  । सिटिजन्स बैंकले ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको  छ । 

    images
    images

    नबिल बैंकले भने ६९ करोड कर्जा प्रवाह गरेको छ । माछापुच्छ्रे बैंकले १६ करोड, प्रभु बैंकले ७ करोड,एनआईसी एशियाले २ करोड, कृषि विकास बैंकले १ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अन्य बैकले न्यून रकम प्रवाह गरेका छन् ।

    यस अवधीमा एनएमबी बैंक, सानिमा, कुमारी बैंक, कृषि विकास बैंक, एनआईसी एशिया र सिटिजन्स बैंकले सुनचाँदी धितो कर्जा गत आवको तुलनामा घटाएका छन् । यस्तै, ग्लोबल आइएमई बैंक,हिमालयन,स्टान्डर्ड चाटर्ड, नेपाल एसबीआई र एभरेष्ट बैंकले सुनचाँदी धितो राखेर कुनै कर्जा प्रवाह गरेका छैनन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend