images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन...

सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक

सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गर्ने भएको छ । 

    images
    images

    १८ पुसदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दै छ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू- महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवाहरू निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

    प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । बैंकले सबै प्रदेशमा पुस महिनामा उक्त शिविर सञ्चालन गर्नेछ । जसअन्तर्गत बैंकले बागमती प्रदेशमा मकवानपुरको हेटौँंडा उपमहानगरपालिका-११ स्थित सरस्वती टोल हलमा १८ पुसमा, मधेश प्रदेशमा बाराको कलैया उपमहानगरपालिका-१, स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशको पर्वतको मोदी गाउँपालिका-१ स्थित भुक स्वास्थ्य चौकीमा २० पुसमा, कोशी प्रदेशको मोरङको विराटनगर महानगरपालिका-१२ स्थित आधारभूत स्वास्थ्य चौकी, बर्खी टोलमा २१ पुस, लुम्बिनीको रुपन्देहीको सैनामैना नगरपालिका-११ स्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा २३ पुसमा, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ स्थित दौलाटपुर स्वास्थ्य चौकीमा २६ पुसमा र  सुदूरपश्चिम प्रदेशमा कैलालीको गोदावरी नगरपालिका-८ स्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा २८ पुसमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।

    images
    images

    स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड-२०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स-२०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट फरक-फरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend