images

२०८३ आश्विन २ गते

images
images
images

बैंकिङ कसुर तथा सजाय विधेयकमा संशोधन समय खुला

बैंकिङ कसुर तथा सजाय विधेयकमा संशोधन समय खुला

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । बैंकिङ कसुर तथा सजाय विधेयकमा संशोधन प्रस्ताव राख्ने समय खुला भएको छ ।

    images
    images

    आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको छ । यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्न सक्ने समय खुला भएको हो ।

    images
    images

    यो विधेयक तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले ६ जेठ २०८० मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको हो ।

    राष्ट्रिय सभाले पारित गरेपछि यो विधेयक पुनः प्रतिनिधि सभामा फर्किन्छ । दुवै सभाबाट पारित भएपछि सभामुखले प्रमाणित गर्छन् । त्यसपछि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि ऐनका रुपमा लागू हुन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend