images

२०८३ आश्विन २ गते

images
images
images

खिम प्रकाश मल्ल मुक्तिनाथ विकास बैंकको अध्यक्षमा नियुक्त

खिम प्रकाश मल्ल मुक्तिनाथ विकास बैंकको अध्यक्षमा नियुक्त

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ अध्यक्षमा खिम प्रकाश मल्ल नियुक्त भएका छन्। 

    images
    images

    फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले मल्ललाई बाँकी कार्यकालका लागि सञ्चालक सदस्य नियुक्त गरेको थियो। 

    सोही निर्णयपछि उनलाई अध्यक्षको भूमिकामा चयन गरिएको हो। बैंकका पूर्वअध्यक्ष भरत राज ढकालले व्यक्तिगत कारण देखाउँदै  पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो।ढकालले पदत्याग गरेपछि रिक्त भएको अध्यक्ष पदमा मल्ललाई चयन गरिएको हो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend