images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • इम्बार्क रिसर्च रिभ्युको विमोचनः दिगोपन र...

इम्बार्क रिसर्च रिभ्युको विमोचनः दिगोपन र आर्थिक समावेशीकरणमा नीतिगत चुनौतीहरूमाथि पुस्तक सार्वजनिक

इम्बार्क रिसर्च रिभ्युको विमोचनः दिगोपन र आर्थिक समावेशीकरणमा नीतिगत चुनौतीहरूमाथि पुस्तक सार्वजनिक

images
images
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • ललितपुरः इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कले आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्य सशक्त पार्दै नेपालमा सक्रिय व्यवसायहरुमा आधारित एघार केस स्टडी समेटेर प्रकाशित गरेको पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो – दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू को विमोचन २०८२ वैशाख १४ गते आइतबार सम्पन्न भयो। प्रमुख अतिथि रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा. डा. जीन नोएल एजिन्गार्डले कार्यक्रममा पुस्तक सार्वजनिक गर्नुभयो।

    images
    images

    कार्यक्रमको अध्यक्षता इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले गर्नुभयो। उहाँले स्वागत मन्तव्यमा इम्बार्क कलेजको उद्देश्य, शिक्षा र अनुसन्धान मार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्त्वबारे विशेष चर्चा गर्नुभयो।

    प्रमुख अतिथि रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा. डा. जीन नोएल एजिन्गार्डले अनुसन्धान र नीतिनिर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिनुभयो। उहाँले भने, “विश्वविद्यालयहरूको साझा प्रयासले मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरूलाई प्रभावकारी समाधान गर्न सकिन्छ।”स्थिरता र वित्तीय समावेशीकरण सम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेल र काठमाडौँ फिनटेकका संस्थापक डा। सन्जिब सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तन मार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गरे। बहस सत्र कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले संचालन गर्नुभयो।

    images
    images

    कार्यक्रमको समापनमा प्रिन्सिपल डा. स्टिफन ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो समाधान सम्भव भएको बताउँदै सबैलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आग्रह गर्नुभयो।

    कार्यक्रममा पुस्तकमा समावेश एघारवटा उत्कृष्ट नेपालमा सक्रिय व्यवसायहरुमा आधारित केस स्टडीका अनुसन्धाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरियो।
    इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टन सँगको सहकार्यमा सञ्चालन गरेको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममा पनि यस अनुसन्धान र नीति निर्माणको अनुभवलाई समावेश गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend