images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • ललितपुरको इम्बार्क कलेजमा अनम्याथम्याथ टक’ कार्यक्रम...

ललितपुरको इम्बार्क कलेजमा अनम्याथम्याथ टक’ कार्यक्रम हुने

ललितपुरको इम्बार्क कलेजमा अनम्याथम्याथ टक’ कार्यक्रम हुने

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौंः गणितलाई रमाइलो र अनुभवमूलक बनाउने उद्देश्य सहित ‘अनम्याथम्याथ टक’ कार्यक्रम आगामी शनिबार ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजमा आयोजना हुने भएको छ।

    images
    images

    कार्यक्रमको आयोजना मेन्टर ल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले संयुक्त रूपमा गर्न लागेका हुन्। कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिने यो कार्यक्रमले गणितप्रतिको परम्परागत दृष्टिकोणमा चुनौती दिँदै त्यसलाई आकर्षक, वास्तविक र विश्वअनुभूतिमा आधारित बनाउने उद्देश्य लिएको उल्लेख छ।

    कार्यक्रमको नेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजाले गर्नेछन्। बठीजा अनम्याथ स्कूलका सह–संस्थापक हुन् र उनले भारत, नेपाल र युएईका हजारौं विद्यार्थीलाई प्रेरणा दिँदै आएका पनि छन्।

    images
    images

    “गणित भनेको कण्ठस्थ गर्ने विषय होईन, यो त खोजको विषय हो”, बठीजाले भने, “जब विद्यार्थीहरूले उनीहरूको दैनिक जीवन र वरपरको संसार सँग गणित कसरी जोडिएको रहेछ भन्नेकुरा थाहा पाउँछन तब गणितको वास्तविक सिकाइ सुरु हुन्छ ।”

    कार्यक्रम बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म चल्नेछ। सहभागीहरूले विभिन्न इमर्सिभ गतिविधिहरूमा प्रत्यक्ष सहभागिता जनाउन पाउनेछन्।

    साथै, कार्यक्रम भित्र हुने कथा सत्र तथा विचारमूलक बहसले विद्यार्थीहरूको आलोचनात्मक सोच र गणित प्रतिको दृष्टिकोणलाई थप प्रगाढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    सिट संख्या सीमित भएकोले चाँडै दर्ता गर्न आयोजकले आग्रह गरेका छन्। प्रवेश शुल्क रु ९९ मात्र रहेको कार्यक्रममा अनलाइन वाफोन ९८०–१११८६८९  मार्फत दर्ता गर्न पनि सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend