काठमाडौँः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ सीबीच आज भेटवार्ता भएको छ । चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य समेत रहेका सीसँग महासङ्घ सचिवालय टेकुमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा दुवै देशको आर्थिक तथा कूटनतिक सम्बन्ध, व्यापार लगानी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रर्वतनका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
पर्यटन, पूर्वाधार, ऊर्जा लगायत क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्त्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङ बीच सहकार्यका प्रशस्त सम्भावना रहेको बताए । उनले भने, ुग्वाङ्दोङ सँग व्यापार तथा लगानीको सम्भावना साथै विज्ञान र प्रविधिको क्षेत्रमा भएको अनुभव र अहिले अन्तरराष्ट्रिय तथा आन्तरिक साझेदारीहरू निर्माणमा देखाइएको सक्रियताले नेपाल र गुआङ्दोङ बीच नयाँ सहकार्यका ढोका खोल्नेछ ।ु
नेपालको निजीक्षेत्रको प्रतिनिधि मूलक संस्था महासङ्घले व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न गरेको पहलकाबारे जानकारी दिँदै अध्यक्ष ढकालले महासङ्घको सक्रियतामा सरकारले हालै ३० भन्दा बढी कानुन संशोधन तथा परिमार्जन गरेको उल्लेख गर्नुभएको उनका प्रेस संयोजक टिपी भुसालले जानकारी दिए ।
नेपाल र चीनबीच द्विपक्षीय लगानी सम्झौताको आवश्यकतामा जोड दिँदै उनले भने, यस्तो सम्झौताले कानुनी र संस्थागत संरचनालाई बलियो बनाउनेछ र चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्नेछ ।ु ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन र कृषि प्रशोधन जस्ता क्षेत्रमा नेपालमा लगानीका राम्रो अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले ग्वाङ्दोङ सरकार सँग ती क्षेत्रका सम्भावित लगानीकर्ता र सङ्घसंस्था सँग जोडिन सहयोग गर्न आग्रह गरे । उनले संयुक्त उद्यम, व्यापार भ्रमण र ज्ञान आदानप्रदान कार्यक्रममा सहकार्य गर्न महासङ्घ तयार रहको बताए ।
ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य सीले नेपाल चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीन सधैँ सकारात्मक रहेको बताए । उनले चीनले प्रविधि तथा नवप्रर्वतनको क्षेत्रमा गरेको सफलतालाई नेपालको विकासमा साझेदारी गर्न आफूहरू तयार रहेको धारणा राखे ।
ुचीनले प्रविधि तथा नवप्रर्वतनका क्षेत्रमा धेरै काम गरिरहेको छ,ु उनले भने, ुहाम्रो यो अनुभवबाट नेपालले पनि सकारात्मक परिवर्तन गर्न सक्छ । त्यसका लागि हामी सहकार्य गर्न तयार छौँ ।ु सीले नेपालको खाद्य प्रशोधन, कृषि तथा पर्यटनमा सहकार्य गर्न सकिने बताउँदै नेपाल–ग्वाङ्दोङ आर्थिक सहकार्यको लागि आफूले पहल गर्ने बताएका भुसालले जानकारी दिए ।




.gif)





