images

२०८३ आश्विन १ गते

images
images
images
  • विश्व
  • अमेरिकाले महमुद अब्बासलाई राष्ट्रसङ्घ महासभामा सहभागी...

अमेरिकाले महमुद अब्बासलाई राष्ट्रसङ्घ महासभामा सहभागी हुन दिएन भिसा

अमेरिकाले महमुद अब्बासलाई राष्ट्रसङ्घ महासभामा सहभागी हुन दिएन भिसा

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ । प्यालेस्टिनी मुक्ति सङ्गठन (पिएलओ) का सदस्य र प्यालेस्टिनी प्राधिकरणका अधिकारीलाई समेत भिसा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।विदेश मन्त्रालयले पिएलओ र प्यालेस्टिनी प्राधिकरणले अमेरिकाप्रतिको प्रतिबद्धता तथा शान्ति प्रक्रियाको सम्भावना कमजोर पार्ने गतिविधि सुधार गर्न असफल भएको आरोप लगाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतमार्फत वार्ताको सट्टा कानूनी प्रक्रिया अघि बढाउने, एकपक्षीय रूपमा प्यालेस्टिनी राज्यको मान्यता खोज्ने तथा आतङ्कवादको महिमामण्डन गर्ने गरेको पनि आरोप लगाएको छ ।

    images
    images

    ट्रम्प प्रशासनले गत वर्ष पनि अब्बासलाई भिसा दिएको थिएन । त्यसपछि उनले महासभालाई प्रत्यक्ष उपस्थित भएर सम्बोधन गर्न नपाई भिडियोमार्फत सम्बोधन गरेका थिए ।अमेरिकाको पछिल्लो निर्णय फ्रान्सलगायत मुलुकले प्यालेस्टिनी राज्यलाई मान्यता दिने तयारी गरिरहेका बेला आएको हो । फ्रान्स र साउदी अरेबियाको सहअध्यक्षतामा भएको दुई–राज्य समाधानसम्बन्धी सम्मेलनपछि राष्ट्रसङ्घका १४२ सदस्य राष्ट्रले प्यालेस्टिनी राज्यलाई समर्थन गरेका थिए ।सन् २०२३ अक्टोबर ७ यता पश्चिम किनारामा इजरायली सैनिक वा बासिन्दाको कारबाहीमा कम्तीमा एक हजार १०९ प्यालेस्टिनी मारिएको एएफपीले जनाएको छ । सोही दिन हमास नेतृत्वको आक्रमणमा इजरायलमा एक हजार दुई सयभन्दा बढी मानिस मारिएका थिए ।त्यसपछि गाजामा जारी इजरायली सैन्य कारबाहीमा ७३ हजार सात सयभन्दा बढी मानिस मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टिनी क्षेत्रमा बढ्दो हिंसाप्रति अन्तर्राष्ट्रिय समुदायले निरन्तर चिन्ता व्यक्त गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend