images

२०८३ आश्विन २ गते

images
images
images

११ महिनामा भित्रिए साढे १० लाख पर्यटक, कुन मुलुकबाट कति?

११ महिनामा भित्रिए साढे १० लाख पर्यटक, कुन मुलुकबाट कति?

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । पछिल्लो ११ महिनामा १० लाख ७७ हजार ६४१ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको  सन् २०२४ को अगस्टदेखि सन् २०२५ जुनसम्मको तथ्यांक अनुसार यी संख्यामा विदेशी पर्यटक नेपालका आएका हुन् ।नेपाल पर्यटन बोर्ड अनुसन्धान विभागका वरिष्ठ अधिकृत अविन्द्र भट्टले सन् २०२५ को जनवरीदेखि जुनसम्म मात्र पाँच लाख ७७ हजार ६८९ जना पर्यटक नेपाल भित्रिएको जानकारी दिए । गत वर्षको यो अवधिमा पाँच लाख ८३ हजार पर्यटक नेपाल आएका थिए । अर्थात्, गत वर्षको तुलनामा पर्यटक आवागमनमा खासै बदलाव भने भएको देखिएन ।

    images
    images

    यो वर्षको जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् ।बोर्डको तथ्यांकअनुसार २०२५ को जनवरीदेखि जुनसम्म दक्षिण एसियाका दुई लाख तीन हजार २४२ पर्यटक नेपाल आएका छन् । त्यस्तै, एसियाबाट एक लाख ३२ हजार ७५०, युरोपबाट एक लाख २ हजार ५२४, ओसियानाबाट २४ हजार १६९, अमेरिकाबाट ७० हजार ४५६, मध्यपूर्वी राष्ट्रबाट १० हजार एक सय २५, अफ्रिकाबाट २०५२ र अन्य राष्ट्रबाट ३२ हजार ३७१ पर्यटक नेपाल आएको  वरिष्ठ अधिकृत अविन्द्र भट्टले जनाए ।

    नेपाल आउने धेरै पर्यटकमा दक्षिण एसियालीको संख्या अन्यको भन्दा धेरै छ ।  जसमध्ये पनि भारतका पर्यटक धेरै रहेका छन् । त्यस्तै, २०२४ को सोही अवधिमा पनि दक्षिण एसियाकै पर्यटक धेरै नेपाल आएका थिए ।बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल आएका थिए ।अघिल्ला वर्षहरूको तथ्यांक हेर्दा सन् २०२३ मा दश लाख १४ हजार ८८२, २०२२ मा ६ लाख १४ हजार ८६९, २०२१ मा १ लाख ५० हजार ९६२ र २०२० दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीको प्रभावले २०२० देखि २०२२ सम्म पर्यटक आवागमनमा निकै असर परेको तथ्यांकले देखाउँछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend