images

२०८३ आश्विन २ गते

images
images
images
  • कला / संस्कृति
  • आज साउनको दोस्रो सोमबार,पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको...

आज साउनको दोस्रो सोमबार,पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड

आज साउनको दोस्रो सोमबार,पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

    images
    images

    हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति,भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ । बोलबम यात्रीहरूले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिँडेर ल्याइ पशुपतिमा चढाउने गर्दछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend