images

२०८३ आश्विन २ गते

images
images
images

विश्वकर्मा पूजाको अवसरमा रोहिणी गाउँपालिकामा बिदा

विश्वकर्मा पूजाको अवसरमा रोहिणी गाउँपालिकामा बिदा

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले विश्वकर्मा पूजाको अवसरमा बिहीबार (असोज १ गते) स्थानीय बिदा दिएको छ । गाउँपालिकाले असोज १ गते गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरेको हो ।गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले विश्वकर्मा पूजाको दिन स्थानीय स्तरमा विशेष रूपमा पूजा–आराधना गर्ने चलन रहेकाले स्थानीय बिदा दिइएको बताए ।

    images
    images

    ‘विश्वकर्मा पूजाको अवसरमा यहाँ विभिन्न स्थानमा विशेष पूजा–आराधना हुने भएकाले सबैलाई आफ्नो धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन सहज होस् भनेर स्थानीय बिदा दिएका हौँ,’ अध्यक्ष यादवले भने ।उनका अनुसार रोहिणी गाउँपालिकाले विगतका वर्षहरूमा पनि विश्वकर्मा पूजाको दिन स्थानीय बिदा दिँदै आएको छ ।

    l

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend