images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • नेपाली लेखक शिव न्यौपानेद्वारा पहिलो ‘विश्वव्यापी...

नेपाली लेखक शिव न्यौपानेद्वारा पहिलो ‘विश्वव्यापी खाद्य शब्दकोश’ सार्वजनिक

नेपाली लेखक शिव न्यौपानेद्वारा पहिलो ‘विश्वव्यापी खाद्य शब्दकोश’ सार्वजनिक

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १५ २०८२
अर्थ समाचार
बिहिवार, श्रावण १५ २०८२
  • मेलबर्न,अष्ट्रेलिया–अष्ट्रेलियामा बसोबास गर्ने नेपाली लेखक शिव न्यौपानेद्वारा लिखित फलाङ खाद्य शब्दकोश सार्वजनिक गरिएको छ। यो शब्दकोश नेपालको पहिलो विश्वव्यापी खाद्य शब्दकोश हो, जसले नेपाली मात्र नभई अन्तर्राष्ट्रिय खानाहरूलाई समेत समेटेर पाकशैली र सांस्कृतिक सम्पदालाई दस्तावेजमा उतारेको छ।

    images
    images

    शिव न्यौपाने स्याङ्जा जिल्लाको गल्याङमा जन्मिएका हुन्। हाल उनी अष्ट्रेलियाको मेलबर्न शहरमा बसोबास गर्छन्। उनले तयार पारेको यो ६०४ पृष्ठको शब्दकोशमा विश्वका विभिन्न देशका परिकार र पाक–सामग्रीहरूका बारेमा एक लाखभन्दा बढी शब्दावलीहरू समावेश छन्।

    शब्दकोशले पाल्पाको चुकौनी, चितवनको तासजस्ता स्थानीय नेपाली खानालाई पनि समेट्दै स्थानीय स्वाद र शब्दहरू संरक्षण गर्ने प्रयास गरेको छ। यसले नेपाली पाक सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुगेको छ।

    images
    images

    शिव न्यौपानेले बहुसांस्कृतिक समाज अष्ट्रेलियामा खाद्य साहित्यमार्फत योगदान पुर्‍याएको भन्दै उनलाई अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनले प्रशंसा पत्र प्रदान गरेका थिए। अष्ट्रेलियाको इतिहासमा प्रधानमन्त्रीबाट यस्तो पत्र पाउने उनी पहिलो नेपाली लेखक हुन्।

    उनको पुस्तकले नेपालभित्र र विदेशमा लोकप्रियता हासिल गरिरहेको छ। यसले खानाको माध्यमबाट संस्कृतिको आदानप्रदानलाई सहज बनाउँदै नेपालको पाक इतिहासमा विशिष्ट योगदान दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend