images

२०८३ आश्विन २ गते

images
images
images

काठमाडौँमा नेपाल–चीनको संयुक्त कला प्रदर्शनी सुरु

काठमाडौँमा नेपाल–चीनको संयुक्त कला प्रदर्शनी सुरु

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौँ,  नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आज देखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स, तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा आयोजित उक्त प्रदर्शनीको उद्घाटन पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छन सोङले गर्नुभयो।

    images
    images

    कार्यक्रममा बोल्दै कोइरालाले यस्तो प्रदर्शनीले दुई देशका जनताबीचको आत्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनु भयो। कुलपति नारदमणि हार्तम्छालीले कला एकता र मैत्रीको पुल भएको उल्लेख गर्दै यस्तो पहलले सांस्कृतिक कूटनीतिक सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

    राजदूत छन सोङले नेपाल–चीन सम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू निरन्तर गरिनुपर्ने धारणा राख्नुभयो।

    images
    images

    प्रदर्शनीमा नेपाली कलाकारका ४४ तथा चिनियाँ कलाकारका ६० कलाकृति राखिएका छन्। साथै १५ जना चिनियाँ कलाकारहरू समेत सहभागी भएका छन्। प्रदर्शनी यही साउन ३१ गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा सञ्चालन हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend