images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • ‘व्यवसायजन्य रोग’ लाई कानुनी मान्यता, मानसिक...

‘व्यवसायजन्य रोग’ लाई कानुनी मान्यता, मानसिक तनावसम्म सूचीमा

‘व्यवसायजन्य रोग’ लाई कानुनी मान्यता, मानसिक तनावसम्म सूचीमा

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौँ । नेपाल सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ ले दिएको अधिकार प्रयोग गर्दै विभिन्न ७० प्रकारका रोगलाई व्यवसायजन्य रोगको सूचीमा समावेश गरी राजपत्रमा सूचना प्रकाशित गरेको हो । यो निर्णयसँगै अब कार्यस्थलमा हुने जोखिमका कारण कुनै श्रमिकलाई तोकिएका रोगहरू लागेमा त्यसलाई कानुनी रूपमा ‘व्यवसायजन्य रोग’ मानिनेछ र श्रमिकले कानुनबमोजिम उपचार तथा क्षतिपूर्ति पाउने बाटो खुलेको छ ।  

    images
    images

    श्रम मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचीलाई विभिन्न ५ मुख्य समूहमा विभाजन गरिएको छ:

    १. रासायनिक एजेन्टको कारणले हुने रोगहरू

    images
    images

    २. भौतिक एजेन्टको कारणले हुने रोगहरू

    ३. जैविक एजेन्टको कारणले हुने रोगहरू

    ४. लक्षित अङ्ग प्रणालीमा असर गर्ने रोगहरू (श्वासप्रश्वास, छाला, मांसपेशी र मानसिक)

    ५. व्यवसायजन्य क्यान्सर

    कुन काम गर्दा के रोग लाग्न सक्छ ?

    राजपत्रमा प्रकाशित सूचीअनुसार विभिन्न उद्योग तथा कार्यस्थलमा काम गर्दा लाग्न सक्ने रोगहरूलाई स्पष्ट रूपमा किटान गरिएको छ ।

    रासायनिक पदार्थबाट हुने रोग : ब्याट्री उद्योगमा काम गर्नेलाई सिसा (लिड) को कारणले, पेन्ट वा छाला उद्योगमा काम गर्नेलाई क्रोमियमको कारणले, प्लास्टिक वा रङ उद्योगमा काम गर्नेलाई बेन्जिनको कारणले लाग्ने रोगहरूलाई यस सूचीमा समावेश गरिएको छ ।

    भौतिक कारणले हुने रोगः ठुलो आवाज आउने उद्योगमा काम गर्ने श्रमिकको श्रवण शक्तिमा ह्रास, लेजर वा विकिरणयुक्त कार्यस्थलमा काम गर्दा हुने समस्या, र उच्च तापक्रममा काम गर्दा हुने रोगहरूलाई पनि यसमा समेटिएको छ । 

    जैविक कारणले हुने रोग : पशुपालन वा मासु प्रशोधनमा संलग्न श्रमिकलाई ब्रुसेलोसिस, स्वास्थ्यकर्मीलाई हेपाटाइटिस र एचआइभी, खिया लागेका वस्तुसँग काम गर्नेलाई टिटानस जस्ता रोगलाई व्यवसायजन्य रोग मानिएको छ ।

    श्वासप्रश्वाससम्बन्धी रोग : ढुङ्गा, कोइला वा एस्बेस्टोस खानीमा काम गर्नेलाई हुने सिलिकोसिस, उखु प्रशोधन उद्योगमा काम गर्नेलाई हुने ब्यागासोसिस, र विभिन्न प्रकारका धुलोको कारण हुने दमलाई पनि सूचीकृत गरिएको छ ।

    मानसिक तनाव र क्यान्सर पनि सूचीमा

    मांसपेशी तथा नसासम्बन्धी रोग : कम्प्युटरमा लामो समय काम गर्ने, एउटै प्रकारको काम दोहोर्‍याउने वा गह्रौँ वस्तु उठाउने श्रमिकमा देखिने कार्पल टनेल सिन्ड्रोम (नाडीको नसा च्यापिने), टेनोसिनोभाइटिस (नाडी र हात दुख्ने), र घुँडा खिइने समस्यालाई पनि व्यवसायजन्य रोगको मान्यता दिइएको छ ।

    मानसिक रोग : कामको सिलसिलामा हुने गम्भीर आघातका कारण उत्पन्न हुने ‘पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर’ लाई पनि पहिलो पटक व्यवसायजन्य रोगको रूपमा कानुनी मान्यता दिइएको छ ।

    क्यान्सर : एस्बेस्टोस, बेन्जिन, कोइलाको टार, आयोनिक विकिरण, र काठको धुलो जस्ता क्यान्सरजन्य पदार्थको सम्पर्कमा रहेर काम गर्ने श्रमिकलाई हुन सक्ने क्यान्सरलाई पनि यो सूचीमा समावेश गरिएको छ ।

    श्रम ऐन, २०७४ को दफा ८२ मा 'व्यवसायजन्य रोगको उपचार सम्बन्धी विशेष व्यवस्था' स्पष्ट रूपमा उल्लेख गरिएको छ।

    यस दफा अनुसार कुनै प्रतिष्ठानमा काम गर्दा श्रमिकलाई तोकिए बमोजिमको व्यवसायजन्य रोग लागेमा, उक्त प्रतिष्ठानले रोगको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्नु पर्नेछ।

    यदि उक्त रोगको उपचार हुन नसक्ने अवस्था भएमा, प्रतिष्ठानले पीडित श्रमिकलाई तोकिए बमोजिमको क्षतिपूर्ति रकम समेत उपलब्ध गराउनुपर्नेछ।

    p

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend