काठमाडौं । मानिसको शरीरमा ९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई सामान्य तापक्रम मानिन्छ ।शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई नै हामीले ज्वरो भन्छौँ । कसैलाई ज्वरो आउँछ भने उसको शरीर अस्वस्थ भएको बुझ्नुपर्दछ । ज्वरो आउन लागेको थाहा पाउनासाथ विश्राम गरी आहारविहारमा ध्यान दिनुपर्ने हुनाले यसका लक्षणबारे जान्न आवश्यक छ । ज्वरोका लक्षणबारे औषधिचिकित्सा विशेषज्ञ डा. सम्मोद आचार्यले जानकारी दिएका छन् ।
ज्वरो आउन लागेको कसरी थाहा पाउने ?
१. सामान्य रूपमा थकाइ नलाग्ने कामबाट पनि थकाइ लाग्नु । शरीर जिरिङ–जिरिङ वा भारी भएको अनुभव हुनु, टाउको भारी हुनु,
२. अन्य कुनै कारण बिना आँखा रसिला हुनु,
३. कुनै रुचीपूर्ण कुरामा रुचि नहुनु, सामान्य कुरामा पनि झर्को लाग्नु,
४. ओठ र मुख सुक्खा भइराख्नुु,
५. जाडो नहुँदा पनि जाडो जस्तो लाग्नु (ज्वरो आउने बेला नै भएपछि विशेष रूपमा जाडो अनुभव हुञ्छ ।)
६. हाई आइराख्नुु
७. मुख नमिठो हुनु




.gif)





