काठमाडौंः लामो समय देखि पदाधिकारी विहीन रहेका चारवटा प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सर्च कमिटीको सिफारिस अनुसार नयाँ उपकुलपतिहरू नियुक्त गरेका हुन्।
प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार नयाँ नियुक्त उपकुलपतिहरू सूचिसहितः
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः प्रा.डां बुद्धि पौडेल
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः डा. भरत खत्री
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानः प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानः डा. पूजनकुमार रोकाया
सरकारले उपकुलपति नियुक्तिका लागि गत असार ४ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो। उक्त कमिटीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा पनि सदस्य थिए।
कमिटीले गरेको सिफारिसलाई प्रधानमन्त्री ओलीले अनुमोदन गरी उपकुलपतिहरूको नियुक्ति गरेको बताइएको छ। यस निर्णयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको नेतृत्वमा स्थिरता आउने अपेक्षा गरिएको छ।




.gif)





