वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इजाजत (संस्था सञ्चालन स्वीकृति) नलिएका शैक्षिक परामर्श व्यवसाय संस्था (कन्सल्टेन्सी) बाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि नबढाउन विद्यार्थी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
विभागलाई प्राप्त गुनासोका आधारमा गत २२ असारदेखि विभागले शैक्षिक परामर्श सेवा/पूर्वतयारी कक्षा सञ्चालन गर्ने केही संस्थामा अनुगमन गरेको जनाउँदै विभागले अनुगमन गरेका मध्ये केही संस्था स्वीकृति बिना नै सञ्चालन भएको पाइएको जनाएको छ ।
बिना स्वीकृति सञ्चालन भएका संस्थाबाट जुनसुकै समय ठगीमा पर्न सकिने भएकाले त्यस्ता संस्थाबाट विदेश जानका लागि कुनै पनि कार्य नगर्न/नगराउन विभागले आग्रह गरेको हो ।





.gif)





