images

२०८३ आश्विन २ गते

images
images
images

हरितालिका तीज नजिकिँदै,आज दर खाने दिन

हरितालिका तीज नजिकिँदै,आज दर खाने दिन

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौँ । भदौ ९, नेपाली हिन्दु नारीहरूले मनाउने प्रमुख पर्वहरूमध्ये एक हरितालिका तीज नजिकिँदै गर्दा आज दर खाने दिन धूमधामका साथ मनाइँदै छ। भाद्र शुक्ल द्वितीयाका दिन दर खाएर महिलाहरूले भोलिपल्टको निराहार व्रतका लागि शारीरिक र मानसिक तयारी गर्ने परम्परा रहेको छ।

    images
    images
    Tej.jpg
    undefined

    परापूर्वकाल देखि चलिआएको यो परम्परा अनुसार महिलाहरूले दर खाने दिन विविध परिकार तयार गरी खाने, रमाइलो गर्ने, नाचगानमा सहभागी हुने चलन रहेको छ। दरमा विशेषगरी गहुँको रोटी, मस्यौरा, मासु, खिर, लड्डु, सेलरोटी, घिउचिउरा लगायतका पौष्टिक र स्वादिला परिकारहरू समावेश गरिन्छ।

    हरितालिका तीजको ऐतिहासिक र धार्मिक महत्त्व समेत उल्लेखनीय छ। धार्मिक विश्वास अनुसार देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउन निराहार व्रत बसेकी थिइन्, र उनको तपस्याले फल प्राप्त भएको थियो। त्यसैले तीज पर्व विशेषगरी अविवाहित महिलाहरूले मनोवाञ्छित जीवनसाथी पाउन र विवाहित महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै मनाउने गर्दछन्।

    images
    images

    भोलि मुख्य तीज पर्वमा महिलाहरू रातभर दर खाईसकेपछि बिहानै देखि नित्यकर्म गरी देवी पार्वतीको पूजाआजा गर्ने र निराहार व्रत बस्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend