images

२०८३ आश्विन २ गते

images
images
images

तीजका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खुला

तीजका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खुला

images
images
मंगलवार, भाद्र १० २०८२
मंगलवार, भाद्र १० २०८२
  • काठमाडौँ । भदौ १०, हरितालिका तीजको अवसरमा श्रीपशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीका अनुसार विशेषतः हिन्दू नारीहरूलाई सहज र व्यवस्थित दर्शन गराउन यस्तो व्यवस्था गरिएको हो।

    images
    images

    मूल मन्दिरमा दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले सुरक्षा, स्वयंसेवा, चन्दन–प्रसाद, दर्शन मार्ग, जुत्ता–चप्पल राख्ने स्थान, आकस्मिक स्वास्थ्य सेवा, गीत–भजन, दीपावली तथा गौदान गर्ने स्थान लगायत विविध सेवा तथा व्यवस्थाहरू गठित गरिएको छ।

    चारवटा लामबाट भक्तजनलाई प्रवेश गराइनेछः

    images
    images

    गौरीघाट–उमाकुण्ड–उत्तरढोका मार्ग

    मित्रपार्क–जयबागेश्वरी–फलामे पुल–पश्चिम सानो ढोका मार्ग

    पिङ्गलास्थान–पञ्चदेवल–दक्षिण ढोका मार्ग

    तिलगङ्गा–राममन्दिर–आर्यघाट–पूर्व ढोका मार्ग

    मूल मन्दिरभित्र आठवटा लामको व्यवस्था गरिएको छ। साथै, श्रीयन्त्र पूजाको समयमा बाहिरबाटै दर्शन गर्न सकिने गरी जालीको व्यवस्था गरिएको छ।

    दर्शनपछि चन्दन लिन सानोसदावर्त सत्तल, पञ्चदेवल, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, गौशाला, जयवागेश्वरी लगायत स्थानमा वितरण केन्द्रहरू स्थापना गरिएको छ।

    कोषले बहुमूल्य गरगहना नलगाउन र बालबालिकालाई सम्भव भएसम्म नल्याउन भक्तजनलाई अनुरोध गरेको छ। नित्य दर्शनार्थीका लागि बिहान ५ः३० बजेसम्म जुनसुकै ढोकाबाट प्रवेश गर्न मिल्ने व्यवस्था गरिएको छ। मन्दिर प्रवेशका लागि कुनै पास आवश्यक नपर्ने कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो।

    तेस्रो मुलुकका पर्यटकले टिकट लिएर मेला क्षेत्र (मन्दिर प्राङ्गण बाहेक) अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend