काठमाडौँ । भदौ १३, विद्यालय शिक्षा विधेयकमा सहमति अनुसारका प्रावधान कार्यान्वयन नगरिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको छ। आन्दोलनको क्रमलाई तीव्र बनाउँदै महासंघले आज देशभरिका ७५३ वटै स्थानीय तहहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टे धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
महासंघले विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा पनि धर्ना कार्यक्रम राखेको छ। यसै सन्दर्भमा, स्थानीय तहहरूमा समेत आन्दोलन सघन बनाउँदै लगिएको महासंघले जनाएको छ।
महासंघको आन्दोलनलाई समर्थन जनाउँदै नेपाल राहत शिक्षक केन्द्रीय समितिले पनि ऐक्यवद्धता प्रकट गरेको छ। समितिले सबै राहत शिक्षकहरूलाई धर्नामा सक्रिय सहभागी हुन आह्वान गरेको छ।
महासंघले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको आरोप लगाउँदै मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।





.gif)





