images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को पूरक परीक्षा स्थगित,...

कक्षा १२ को पूरक परीक्षा स्थगित, जेनजीको आन्दोलनका कारण बोर्डको निर्णय

कक्षा १२ को पूरक परीक्षा स्थगित, जेनजीको आन्दोलनका कारण बोर्डको निर्णय

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भदौ २५, देशभर फैलिएको जेनजी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिले कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित गरिएको छ।

    images
    images

    राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै यही भदौ २८ र २९ गते सञ्चालन हुने भनिएको परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।

    बोर्डले भनेको छ, देशमा विकसित विशेष परिस्थितिका कारण परीक्षा सञ्चालन सम्भव नभएकाले अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ।

    images
    images

    पुनः परीक्षा तालिका सार्वजनिक गर्दा कम्तीमा सात दिनको अग्रिम समय दिइने समेत बोर्डले स्पष्ट पारेको छ।

    जेनसी आन्दोलनले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित पारेको छ भने शैक्षिक संस्थाहरू समेत बन्द हुने अवस्था आएका छन्। यस्तो परिस्थितिमा विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै परीक्षा स्थगन गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend