images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • काठमाडौँ महानगरमा आज विद्यालय प्रशासन खुल्ने,...

काठमाडौँ महानगरमा आज विद्यालय प्रशासन खुल्ने, विद्यार्थी सोमबारदेखि मात्र

काठमाडौँ महानगरमा आज विद्यालय प्रशासन खुल्ने, विद्यार्थी सोमबारदेखि मात्र

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौँ । हालको असहज परिस्थितिका कारण प्रभावित भएको शिक्षण सिकाइ गतिविधि क्रमश: सामान्य बनाउन काठमाडौँ महानगरपालिकाले विद्यालय सञ्चालनबारे नयाँ व्यवस्था सार्वजनिक गरेको छ।महानगरपालिका शिक्षा विभागका अनुसार जिल्ला प्रशासन कार्यालयले भदौ २८ गतेदेखि कर्फ्यु तथा निषेधाज्ञा (निषेधित क्षेत्रबाहेक) हटाएसँगै महानगरअन्तर्गतका विद्यालयलाई क्रमशः सञ्चालन गर्ने तयारी गरिएको हो।

    images
    images

    निर्देशनअनुसार आइतबार शिक्षक तथा कर्मचारी विद्यालयमा उपस्थित हुनेछन् तर विद्यार्थीलाई नबोलाइनेछ। सो दिन विद्यालय प्रशासनिक कार्य, सरसफाइ तथा क्षतिको विवरण संकलनमा केन्द्रित हुने जनाएको छ। साथै, विद्यालयले अभिभावकसँग सम्पर्क गरी विद्यार्थीहरूको अवस्थाबारे जानकारी लिनुपर्नेछ।

    यदि अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन लैजान जिम्मा लिने तथा परिस्थिति सामान्य देखिने खण्डमा सोमबारदेखि मनोसामाजिक परामर्शसँगै अध्ययन अध्यापन सुरु गरिने निर्णय गरिएको छ।त्यस्तै, विद्यालयमा आवतजावत गर्न नसक्ने विद्यार्थीका लागि भर्चुअल क्लासमार्फत पढाइ सहजीकरण गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ।

    images
    images

    महानगरको सूचना

    १. सबै शिक्षक तथा कर्मचारीहरु मिति २०८२ । ०५ । २९ गते आईतवार देखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,

    २. विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरु गर्ने, विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौं महानगरपालिकामा सोको विवरण उपलब्ध गराउने, विद्यार्थीका अभिभावकहरुसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने,

    ३. अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा त्यस्ता विद्यार्थीलाई मिति २०८२ । ०५ । ३० गते सोमबार देखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्श सँग सँगै अध्ययन अध्यापन गर्ने गराउने,

    ४. विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई Virtual Class मार्फत सहजिकरण गर्ने । सादर अवगतार्थ :
    श्रीमान् प्रमुखज्यू, काठमाडौं महानगरपालिका ।
    श्रीमान् उपप्रमुखज्यू, काठमाडौं महानगरपालिका ।
    श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यू, काठमाडौं महानगरपालिका ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend