काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १०, २०८१ पूरकको परीक्षाफल प्रकाशित गरेको छ। साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित एसईईको नतिजा शनिबार प्रकाशित गरिएको हो। नतिजाअनुसार परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई सय ५७ परीक्षार्थीमध्ये ८३ हजार पाँच सय ६४ विद्यार्थी वर्गीकृत (ग्रेडेड) भएका छन्। अवर्गीकृत परीक्षार्थीको संख्या ५९ हजार ६ सय ९३ छ।

नतिजा कसरी हेर्ने?
विभिन्न संस्थाको website, IVR र SMS / USSD मार्फत, राष्ट्रिय परीक्षा बोर्डको Website www.neb.gov.np र पनिका कक्षा १० को Website www.see.gov.np बाट नतिजा सहजरूपमा हेर्न सकिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। संस्थाहरूको जानकारी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को website see.gov.np मा राखिएको छ। नेपाल टेलिकम, पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको website बाट परीक्षार्थीको सिम्बोल नं र जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोड समेत गर्न सकिनेछ।
यस्तो छ ग्रेडिङ व्यवस्था
लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधन सहित) को व्यवस्था अनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ अंक, ५० पूर्णांकका विषयमा कम्तीमा १८ अंक र आन्तरिक ५० पूर्णांकमा कम्तीमा २० अंक, २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने हुन्छ।




.gif)





