गोरखा, असोज १४, महाअष्टमीको अवसरमा आज बिहानै देखि गोरखा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक गोरखा कालिका मन्दिरमा श्रद्धालुको ठूलो भीड लागेको छ। भक्तजनहरू पूजाआजा र बलि चढाउन मन्दिरमा लामबद्ध भएका छन्।
.jpg)
मन्दिर प्रशासनका अनुसार सरकारी तर्फबाट दिइने परम्परागत बलि दिउँसो २ः०० बजेपछि सम्पन्न भएको थियो, जसपछिदेखि सर्वसाधारणका लागि बलि खुला गरिएको हो। भक्तजनहरूले बोका, राँगा, भेडा लगायतका पशुबलि चढाएका छन्।
.jpg)
जिल्लाको महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको गोरखाकाली मन्दिरमा गोरखा, काठमाडौँ, तनहुँ, चितवन, लमजुङ लगायतका जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु आउने गर्छन्।
.jpg)
श्रद्धालुहरू आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ पूजाआजा र बलि चढाउन गोरखाकाली मन्दिर आउने परम्परा लामो समयदेखि रहिआएको छ।
.jpg)




.gif)





