images

२०८३ आश्विन २ गते

images
images
images

मनास्लु पदमार्गमा आवतजावत खुला, पर्यटकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह

मनास्लु पदमार्गमा आवतजावत खुला, पर्यटकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौं । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ ।अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

    images
    images

    पदायात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवातजावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ । “जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो”, उनले भने, “पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण क्षेत्र, नजिकको सुरक्षा निकायबाट जानकारी लिन भनिएको छ ।”

    मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु पदमार्गमा पदयात्रामा निस्कँदा मौसमसम्बन्धी जानकारी लिएर निस्कन र वर्षाका कारण केही ठाउँमा पदमार्ग बिग्रिएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । “अहिलेको अवस्था हेर्दा अधिकांश बाटा खुला छन् तर केही भागमा हिउँ जमेको र बाटो बिग्रिएकाले सावधानी अपनाउनु आवश्यक छ”, उनले भने । अत्यधिक हिमपात र वर्षाका कारण केही दिनदेखि मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटक बाटोबाटै फर्किएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend