images

२०८३ आश्विन २ गते

images
images
images

बेगनास पोखरा (पश्चिम नेपालमा जाउँ है) अभियान शुभारम्भ

बेगनास पोखरा (पश्चिम नेपालमा जाउँ है) अभियान शुभारम्भ

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • पोखरा (गण्डकी) होटल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजना र नेपाल पर्यटन बोर्ड तथा पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबार देखि “पश्चिम नेपालमा जाउँ है, बेगनास पोखरा” कार्यक्रम सुरु गरिएको छ।

    images
    images

    कार्यक्रम अन्तर्गत पश्चिम नेपालका बुटवल, बर्दिया, सुर्खेत लगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी तथा पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवर्द्धनात्मक यात्रामा निस्किएको हो।
    एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलका अनुसार उक्त अभियानले आन्तरिक पर्यटन प्रवर्द्धन र क्षेत्रीय साझेदारी सुदृढ पार्ने लक्ष्य लिएको छ।

    पहिलो चरणमा टोलीले लुम्बिनी प्रदेशको बुटवलमा स्थानीय पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ। कार्यक्रममा एसोसिएसनका सल्लाहकार तथा पोखरा भ्रमण वर्ष २०२५ का सहसंयोजक दामोदरभक्त थापाले बेगनासताल, रुपाताल लगायतका सात ताल लेखनाथ क्षेत्रका पर्यटन सम्भावनाको केन्द्र रहेको बताए। उनले बुटवलका व्यवसायीहरूलाई पोखरा भ्रमणका लागि सहकार्य गर्न आग्रह गरे।

    images
    images

    त्यस अवसरमा अध्यक्ष कँडेलले पोखरा र बुटवलबीच पारस्परिक पर्यटकीय आदान प्रदानले दुवै क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे।
    रुपन्देही होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष माधवकुमार खनालले पनि बुटवल–पोखरा साझेदारीका लागि रुपन्देही तयार रहेको बताउँदै बुटवल आएका पर्यटकलाई पोखरा पठाउने कार्य भइरहेको जानकारी दिए।

    पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारा सँगै पर्यटन साझेदारीले दुवै गन्तव्यलाई फाइदा पुर्‍याउने धारणा व्यक्त गरे।

    तीन दिने उक्त प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी टोली बुटवलपछि बर्दिया र सुर्खेत हुँदै फर्कनेछ। टोलीले ती क्षेत्रका पर्यटन व्यवसायीहरूसँग समेत छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको एसोसिएसनका महासचिव सुरेश लामिछानेले बताए।

    कार्यक्रममा बुटवल क्षेत्रका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend