images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय...

स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय छः स्वास्थ्यमन्त्री

स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय छः स्वास्थ्यमन्त्री

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौँ । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय भएको बताएकी छन् । सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरिन् । 

    images
    images

    निजी औषधी व्यवसायीहरु मध्ये कसैले भ्रमपूर्ण कुरा फैलाएको हुन सक्ने भएकाले सजक रहन उनले आग्रह गरिन् । मन्त्री गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रतिवद्धता जनाइन् । बिमा कार्यक्रम अन्तर्गतको भूक्तानी नभएको गुनासो केहि अस्पतालबाट आएको भन्दै उनले त्यसलाई छिटै समाधान गर्ने  बताइन् । उनले सुशासन कायम गरेर सहज रुपमा सेवा दिनका लागि केन्द्रीत हुन आग्रह गरिन् । 

    मन्त्री गौतमले स्वास्थ्य केन्द्रमा औषधी नभएको गुनासो आइरहेको भन्दै स्थानीय तहले निशुल्क औषधी उपलव्ध पाउने अवस्था बनाउनुपर्ने र यसमा केन्द्रले सहयोग गर्ने बताइन् ।  कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend