images

२०८३ आश्विन २ गते

images
images
images

पशुपतिनाथ मन्दिरभित्रबाट फलामे बार हटाइयो

पशुपतिनाथ मन्दिरभित्रबाट फलामे बार हटाइयो

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौँ । मंसिर १८, विश्वसम्पदा सूचीमा दर्ज भएको पशुपतिनाथ मन्दिरभित्र करिब एक दशक अघि जडान गरिएको फलामे बार हटाइएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरलाई अधिक व्यवस्थित र मूल स्वरूप अनुकूल बनाउन बार हटाइएको जानकारी दिएको हो।

    images
    images

    कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीका अनुसार फलामे बार हटाएपछि धेरै भक्तजन र श्रद्धालुहरूले स्वागत गरेका छन्।

    संस्कृतिविद् हरिप्रसाद सोडारीले पनि मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक कदम भएको टिप्पणी गरे। उनका अनुसार मन्दिरभित्र अझै अन्य विकृतिहरू जस्तै बत्ती बाल्न नपाइने व्यवस्था, भक्तजनले लगेका फूल प्रसाद चढाउन रोक लगाइने जस्ता प्रथाहरू समेत हटाउन पहल गरिनु आवश्यक छ।

    images
    images

    विश्वसम्पदा क्षेत्रअन्तर्गत पर्ने मन्दिरको मौलिक पहिचानमा यस्तो संरचनाले असर पर्न सक्ने भन्दै पुरातत्त्व विभागले यसअघि नै पत्राचार गर्दै फलामे बार हटाउन सुझाव दिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend