images

२०८३ आश्विन २ गते

images
images
images

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • मुस्ताङ, २ पुसः माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ(२ स्थित नामासुङ र न्यानोल गाउँमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

    images
    images

    अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी चौकी छोसेरको संयुक्त आयोजनामा स्थानीय नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य परीक्षण शिविर चलाएको हो ।

    हिउँयामको जाडो मौसममा बेसी नझरी गाउँमा बसेका स्थानीय नागरिकहरुलाई ज्वरो, रुघाखोकी र निमोनिया लगायतका स्वास्थ्य समस्याहरु देखिने संम्भावना हुने भएको स्थानीय नागरिकहरुको कल्याणका लागि घरदैलोमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।  शिविरमा गाउँमै बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको प्रमुख पौडेलले बताए।

    images
    images

    एक्याप लोमान्थाङ, सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक÷एक जना स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणमा खटिएका प्रमुख पौडेलले उल्लेख गरेका छन्। शिविरमा नामासुङ र न्यानोलका १९ महिला र तीन पुरुष गरी २२ जनाले स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएको एक्याप लोमान्थाङले जनाएको छ । यसप्रकारका स्वास्थ्य शिविर आवश्यक अनुसार हिउँदयामभरी सञ्चालन गरिने कार्यालय प्रमुख पौडेलको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend