images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • त्रिवि सेवा आयोगको विज्ञापन प्रक्रियाप्रति विद्यार्थी...

त्रिवि सेवा आयोगको विज्ञापन प्रक्रियाप्रति विद्यार्थी संगठनको आपत्ति

त्रिवि सेवा आयोगको विज्ञापन प्रक्रियाप्रति विद्यार्थी संगठनको आपत्ति

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका विद्यार्थी संगठनले त्रिवि सेवा आयोगको पछिल्लो विज्ञापन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ ।स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्सले जारी गरेको विज्ञप्तिमा आयोगले यसअघि नै कम्प्युटर विज्ञान पदका लागि अयोग्य ठहर भई नामावलीबाट हटाइएका तथा योग्यता नमिल्ने उम्मेदवारहरूलाई हालको विज्ञापन नम्बर १९८५/२०८१–८२ अन्तर्गत पुनः योग्य घोषणा गरी थप नामावलीमार्फत प्रकाशित गरेको विषयप्रति गम्भीर शंका र प्रश्न उठाइएको छ।

    images
    images

    विज्ञप्तिमा उम्मेदवारको दरखास्त रुजु गर्ने क्रममा विषय समितिको निर्णयअनुसार विषय र योग्यता नमिल्ने अवस्थालाई बेवास्ता गरी नाम समावेश गरिएको उल्लेख छ। यस कार्यले परीक्षा प्रणालीको पारदर्शिता, निष्पक्षता र मेरिट प्रणालीमाथि ठाडो प्रहार गरेको संगठनको ठहर छ। आयोगले ‘ब्याकडोर’ प्रक्रिया प्रयोग गरी आफूअनुकूल उम्मेदवार छनोट गरेको गम्भीर आशंका पनि व्यक्त गरिएको छ।विद्यार्थी संगठनका अनुसार यस्ता अपारदर्शी र गैरन्यायोचित गतिविधिले त्रिवि सेवा आयोगको गरिमा, विश्वसनीयता र निष्पक्षतामा गम्भीर आघात पुगेको छ।

    संगठनले तीन बुँदे माग अघि सारेको छ। सम्पूर्ण उम्मेदवारहरूको शैक्षिक विवरण एसोसिएसनका विद्यार्थी प्रतिनिधिको उपस्थितिमा छानबिन तथा प्रमाणीकरण गर्न, विषय समितिको निर्णयअनुसार विषय तथा योग्यता नमिल्ने र पूर्व परीक्षामा अयोग्य ठहर भइसकेका उम्मेदवारहरूलाई तुरुन्त नामावलीबाट हटाउन तथा नियम, मापदण्ड र मेरिट प्रणालीको पूर्ण पालना गरी नयाँ र पारदर्शी नामावली पुनः प्रकाशित गर्न माग गरिएको छ।मागहरू तत्काल सम्बोधन नगरिएमा थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी संगठनले दिएको छ। यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायकै हुने कार्यवाहक अध्यक्ष नागेन्द्र पन्त र  सचिव केशव बानियाँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend