images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • काठमाडौँ विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’...

काठमाडौँ विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु

काठमाडौँ विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले नेपालमै पहिलो पटक फिल्म स्टडिजमा स्नातकोत्तर तहको कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयको स्कूल अफ आट्र्स अन्तर्गत भाषा तथा आमसञ्चार विभागले सोमबार पत्रकार सम्मेलनको गरि ‘मास्टर इन फिल्म स्टडिज’ (एमएफएस) कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो ।विभाग प्रमुख प्रा.डा निर्मलमणि अधिकारीले फेब्रुअरी २०२६ देखि ललितपुरको हात्तीवनस्थित स्कूल अफ आट्र्स परिसरमा कक्षा सञ्चालन हुने जानकारी दिए । ६६ क्रेडिट आवर रहेको दुई वर्षे यो कार्यक्रमले चलचित्रका सिद्धान्त, इतिहास, सौन्दर्यशास्त्र, सांस्कृतिक महत्व र व्यावहारिक सीपसम्बन्धी ज्ञान प्रदान गर्ने उनले बताए । उनका अनुसार पाठ्यक्रममा फिल्म निर्माण, न्यारेटिभ डिजाइन र स्क्रिनराइटिङ, नाट्यशास्त्र, एआई र फिल्म, अनुसन्धान पद्धति, फिल्म फर्म र न्यारेटिभ लगायत विषय समेटिएका छन् ।

    images
    images

    यो कार्यक्रमले शैक्षिक अध्ययनसँगै उद्योगमुखी सीप विकासमा जोड दिने उनको दाबी छ । विद्यार्थीहरूले चलचित्रकर्मी तथा संस्थासँग साझेदारीमार्फत व्यावहारिक अनुभव हासिल गर्नेछन् । अध्यापन कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राज्ञिक र उद्योग अनुभव भएका प्राध्यापक संलग्न रहने उनले बताए । उनकाअनुसार विद्यार्थीले दुई वर्षमा स्नातकोत्तर डिग्री पूरा गर्न सक्नेछन् भने ३० क्रेडिट पूरा गरेपछि एक वर्षमै पोस्ट ग्राजुएट डिप्लोमा (पीजीडी) लिएर पछि पुनः फर्केर डिग्री पूरा गर्न पनि सक्नेछन् ।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दहालले चलचित्रको पढाई नेपालमा नै सुरु भएपछि अब गुणस्तरीय चलचित्र बन्ने बताए । उनले चलचित्र पढेका व्यक्तिहरुले निर्माण गरेका चलचित्र अन्तर्राष्ट्रियस्तरका र वाह्य बजारसँग प्रतिष्पर्धा गर्ने क्षमताका हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय जगतमा स्थपित हुन प्रविधि र चलचित्र नै अहिलेको मुख्य माध्यम रहेको दाबी गरे ।

    उनले भने, ‘अबको दिनमा चलचित्रको पढाई नेपालमा हुँदाखेरी पढेका मानिसहरुबाट बनेका चलचित्रहरु अन्तर्राष्ट्रियस्तरमा फाइट गर्नको लागि अन्तर्राष्ट्रिय गुणस्तरका बन्छन भन्ने मलाई लाग्छ । यो क्षमतावान हुन्छन् । अबको जमाना कि प्रविधिले कि सिनेमाले मात्रै अन्तराष्ट्रिय जगतमा चाँडै हामी स्थापित हुन्छौँ भन्ने मलाई लाग्छ ।’चलचित्र निर्देशक यादव खरेलले पहिलो पटक काठमाडौं विश्वविधालयले औपचारिक शिक्षा प्रणालीमा चलचित्रसम्बन्धी अध्यापन शुरु गरेको बताए । उनले अन्य विश्वविद्यालयमा नभएको कक्षा सञ्चालन गर्न लागेको उल्लेख गर्दै निरन्तरता रुपमा सञ्चालन गर्न आग्रह गरे । काठमाडौँ विश्वविधालयले एमएफएस कार्यक्रमले चलचित्र निर्माण, समालोचना, अनुसन्धान, शिक्षा, चलचित्र महोत्सव, प्रदर्शनी र अभिलेखीकरणजस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend