images

२०८३ आश्विन २ गते

images
images
images

तनहुँमा छ महिनामा ४६ लाख रुपैयाँ राजस्व सङ्कलन

तनहुँमा छ महिनामा ४६ लाख रुपैयाँ राजस्व सङ्कलन

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • तनहुँ, २६ माघ । एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ४६ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२।८३ को साउन महिनादेखि पुस मसान्तसम्म उक्त राजस्व सङ्कलन गरिएको हो । 

    images
    images

    साउन महिनामा रु सात लाख पन्ध्र हजार, भदौमा रु सात लाख २२ हजार, असोजमा सात लाख ४० हजार, कार्तिकमा रु सात लाख १४ हजार, मङ्सिरमा सात लाख ८८ हजार र पुसमा नौ लाख २५ हजार राजश्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । 

    उक्त अवधिमा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुई उद्योग दर्ता भएका कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए । उद्योगतर्फ एक हजार २३ नविकरण र वाणिज्यतर्फ ९८८ नविकरण भएका छन् । 

    images
    images

    त्यसैगरी, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छ भने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend