images

२०८३ आश्विन १ गते

images
images
images

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • झापा । भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।कार्यालयले यस अवधिमा रु चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व असुली गरेको हो । यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो ।कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी, पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक रुपमा भन्सार नाकाबाट हुने आयातमा वृद्धि भएकाले राजस्व असुलीमा सुधार आएको हो । विशेषगरी यस अवधिमा साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेको मेहताले बताए ।

    images
    images

    भदौमा मात्र रु दुई करोड १० लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा कार्यालयले रु तीन करोड १६ लाख १५ हजार ४२२ सङ्कलन गरेको छ । यो लक्ष्यको १५० दशमलव ३८ प्रतिशत हो । यसअघि साउनमा रु एक करोड ५० लाख ३४ हजार ११८ राजस्व सङ्कलन भएको थियो ।चालु आवका लागि कार्यालयले रु २६ करोड २८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । दुई महिनाको अवधिमा भएको सङ्कलन वार्षिक लक्ष्यको १७ दशमलव ७५ प्रतिशत हो ।यस अवधिमा सङ्कलित कुल राजस्वमध्ये सबैभन्दा बढी योगदान मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु दुई करोड २० लाख एक हजार १५६ रहेको छ ।यस्तै, भन्सार महसुल (आयात) बाट रु एक करोड ८४ लाख १२ हजार ३२३, अन्तःशुल्कबाट रु ६२ लाख ७७ हजार २९६ र कृषि सुधार शुल्कबाट रु १३ लाख २२ हजार ३८९ सङ्कलन भएको कार्यालयले जनाएको छ ।गत आव २०८२/८३ मा भने कार्यालयले निर्धारित राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन । सो वर्ष रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ७४ दशमलव ३४ प्रतिशत अर्थात् रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्रै सङ्कलन भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend