images

२०८३ आश्विन २ गते

images
images
images

इरानले आत्मसमर्पण नगर्ने अडान

इरानले आत्मसमर्पण नगर्ने अडान

images
images
शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • तेहरान, २३ फागुन । मध्यपूर्वमा जारी युद्ध दोस्रो हप्तामा प्रवेश गरिरहेका बेला इरानले इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट अडान दोहोर्‍याएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले राष्ट्रलाई सम्बोधन गर्दै आफ्नो देशले बाह्य दबाबका बीच पनि सङ्घर्ष जारी राख्ने बताए।

    images
    images

    सरकारी टेलिभिजनबाट प्रसारण गरिएको भाषणमा राष्ट्रपति पेजेस्कियानले इरानमाथि आक्रमण गर्ने पक्षहरूले इरानी जनतालाई झुकाउन सकिन्छ भन्ने सोच राख्नु गलत हुने टिप्पणी गरे । उनका अनुसार इरानका शत्रुहरूले ‘इरानी जनताले आफ्नो चिहानमै गएर मात्र बिना शर्त आत्मसमर्पण गर्ने इच्छा राख्नुपर्छ’ भन्ने कुरा बुझ्नुपर्ने छ ।

    फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो । सो आक्रमणमा इस्लामिक गणतन्त्रका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएको बताइएको छ, जसपछि मध्यपूर्वमा व्यापक द्वन्द्व सुरु भएको हो ।

    images
    images

    त्यसपछि इरानले प्रतिक्रिया स्वरूप क्षेत्रीय देशहरूमा रहेका इजरायली तथा अमेरिकी हितका लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । ती आक्रमणहरू विशेषगरी खाडी क्षेत्रका देशहरूमा केन्द्रित रहेको बताइएको छ ।

    खामेनीको हत्यापछि इरानमा अन्तरिम नेतृत्व परिषद् गठन गरिएको छ, जसमा राष्ट्रपति पेजेस्कियानले पनि सदस्यका रूपमा जिम्मेवारी सम्हालिरहेका छन । उक्त परिषद् तीन सदस्यीय रहेको बताइएको छ ।

    यसैबीच राष्ट्रपति पेजेस्कियानले इरानका कारबाहीबाट प्रभावित छिमेकी देशहरूसँग क्षमायाचना पनि गर्नुभएको छ । भाषणका क्रममा उहाँले आफ्नातर्फबाट तथा इरानको तर्फबाट ती देशहरूसँग माफी मागेको बताए।

    उनले इरानले छिमेकी देशहरूलाई लक्षित गर्ने नीति नअपनाउने स्पष्ट पारे। अन्तरिम नेतृत्व परिषद्ले यसबारे सहमति गरिसकेको भन्दै उहाँले अब छिमेकी राष्ट्रहरूबाट इरानमाथि आक्रमण नभएसम्म त्यस्ता देशहरूतर्फ कुनै मिसाइल प्रहार नगर्ने निर्णय भएको जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend