images

२०८३ आश्विन २ गते

images
images
images

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

images
images
बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौँ, २७ फागुन । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ ।

    images
    images

    सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका  कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । 

    सार्क सचिवालयका अनुसार उक्त सहयोग सम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ ।  सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव  गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    images
    images

    उक्त कार्यक्रमले जापान र सार्क मुुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध  सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend