images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६...

प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा

प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • तनहुँ, २७ चैत । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् ।

    images
    images

    तनहुँ सहित छिमेकी जिल्ला लमजुङ, कास्की, चितवन, गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेको सो कार्यालयले जनाएको छ । कार्यालयबाट दिइने सेवा प्रवाह छिटो छरितो र प्रभावकारी भएका कारण बिरामीको आकर्षण बढदै गएको कविराज निरीक्षक एवं सूचना अधिकारी सोमकान्त पौडेलले जानकारी दिनुभयो ।  

    सूचना अधिकारी पौडेलका अनुसार साउनमा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३, कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२, पुसमा चार हजार ६३७, माघमा तीन हजार ३२, फागुनमा तीन हजार १९३ जनाले सेवा लिएका छन् । 

    images
    images

    उक्त चिकित्सालयमा स्नेहन, श्वेदनबाहेक दैनिक ३५ देखि ६५ सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उहाँले भन्नुभयो, “अधिकांश बिरामी पेटसम्बन्धी समस्याका हुने गरेका छन् ।” कार्यालयका अनुसार ओपिडी सेवा बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म नियमित सञ्चालनमा हुँदै आएको कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विशेषगरी अम्लपित्त, बाथ, श्वासप्रश्वास, फिसर फिस्टुला ,प्रेसर, सुगर, महिला प्रसूतिलगायत बिरामीको सङ्ंख्या अधिक हुने गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend