images

२०८३ आश्विन २ गते

images
images
images

दोस्रो राष्ट्रिय मोही दिवस २०८२ चैत २८ मा मनाइँदै

दोस्रो राष्ट्रिय मोही दिवस २०८२ चैत २८ मा मनाइँदै

images
images
शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • "मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔं अभियानको प्रयास"

    images
    images

    काठमाडौं । नेपाली मौलिक संस्कृति, परम्परा र स्वास्थ्यसँग अभिन्न रूपमा जोडिएको मोहीको प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय मोही दिवस २०८२ चैत २८ गते भव्य रूपमा मनाइने भएको छ। नेपाल डेरी एसोसिएसन ले यस वर्ष नयाँ संकल्पसहित अभियानलाई थप व्यापक बनाउने घोषणा गरेको हो।

    एसोसिएसनका अनुसार मोही केवल पेय पदार्थ मात्र नभई नेपाली पहिचान र स्वस्थ जीवनशैलीको महत्वपूर्ण हिस्सा हो। स्वदेशी दुग्ध पदार्थको उपभोग बढाउन र विदेशी महँगा तथा स्वास्थ्यका लागि हानिकारक पेय पदार्थको विकल्पका रूपमा मोहीलाई स्थापित गर्न लामो समयदेखि विभिन्न अभियान सञ्चालन हुँदै आएका छन्।

    images
    images

    सकारात्मक परिवर्तन
    विगतमा विद्यालय, अस्पताल तथा सार्वजनिक स्थलहरूमा निःशुल्क मोही वितरण गर्नुका साथै दरबारमार्गस्थित ओरियन्ट क्याफेमा ८५ हप्ताभन्दा बढी निरन्तर ठेकीको मोही पिलाउने अभियानले जनमानसमा सकारात्मक प्रभाव पारेको एसोसिएसनले जनाएको छ। अहिले मोही सार्वजनिक रूपमा गर्वका साथ पिउने संस्कृतिको विकास हुँदै गएको छ।

    मुख्य प्राथमिकता र माग
    यस वर्षको अभियानमार्फत एसोसिएसनले विभिन्न नीति तथा व्यवहारिक सुधारका लागि ध्यानाकर्षण गराएको छः

    संस्थागत खपतमा अनिवार्य मोही: सरकारी बैठक तथा कार्यक्रममा विदेशी पेय पदार्थको सट्टा मोही वा लस्सी प्रयोग गर्नुपर्ने माग।
    ‘मोही-ब्रेक’ अवधारणा: विद्यालय, कर्पोरेट र अस्पतालमा चिया/कफीको विकल्पका रूपमा मोहीलाई प्रवर्द्धन गर्ने आह्वान।
    बजारीकरण विस्तार: हाल दैनिक २५ हजार लिटर मोही खपत भइरहेकोमा आगामी वर्षभित्र दोब्बर बनाउने लक्ष्य।
    स्वदेशी अर्थतन्त्रमा टेवा: मोहीको प्रयोग बढाएर विदेशी पेय पदार्थको आयात घटाउने र किसानलाई लाभ पुर्‍याउने उद्देश्य।
    नीतिगत र स्थानीय तहमा पहल

    एसोसिएसनले तीनै तहका सरकारलाई सार्वजनिक कार्यक्रममा अनिवार्य रूपमा मोही प्रयोग गर्ने नीति बनाउन आग्रह गरेको छ। साथै, चितवनको इच्छाकामना र काभ्रेको मण्डन देउपुर जस्ता पालिकाको उदाहरणलाई देशभर विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ।

    विद्यालय र अस्पतालका क्यान्टिनहरूमा कृत्रिम पेय पदार्थ हटाई क्याल्सियम र प्रोबायोटिक्सयुक्त मोहीलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइएको छ।

    मोही किन पिउने ?
    स्वास्थ्यका लागि: पाचन सुधार र रोग प्रतिरोधात्मक क्षमता वृद्धि
    आर्थिक फाइदा: किसानको दूधले उचित बजार पाउने
    संस्कृति संरक्षण: ठेकी–मदानीजस्ता परम्परागत अभ्यासको जगेर्ना
    कार्यक्रम तालिका
    निःशुल्क मोही वितरण
    📅 चैत २८, बिहान १०:४५
    📍 सातदोबाटोस्थित महानगरीय ट्रफिक कार्यालयदेखि उपत्यकाका विभिन्न स्थान
    प्रेस मिट तथा समापन कार्यक्रम
    📅 चैत २८, दिउँसो २:३०
    📍 शंखमूलस्थित एसोसिएसन कार्यालय, ललितपुर
    एसोसिएसनले “स्वदेशी उत्पादनको उपभोग गरौं, आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुर्‍याऔं” भन्ने सन्देशसहित सबै सरोकारवाला र आम नागरिकलाई अभियानमा सहभागी हुन अपिल गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend