अमेरिका । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका–इरानबीच सुरु हुन लागेको शान्ति वार्ता योजनालाई स्वागत गर्दै दुवै पक्षलाई ‘असल नियत’का साथ वार्तामा सहभागी हुन अपिल गरेका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिवका प्रवक्ता स्टेफन डुजारिकले महासचिवको भनाइ उद्धृत गर्दै सबै पक्षलाई यस कूटनीतिक अवसरको अधिकतम उपयोग गर्न आग्रह गरिएको जानकारी दिए । उनका अनुसार गुटेरेसले दीर्घकालीन र व्यापक सम्झौतामार्फत क्षेत्रीय तनाव न्यूनीकरण गर्न तथा सम्भावित द्वन्द्व टार्न वार्तालाई सकारात्मक दिशामा अघि बढाउन जोड दिएका छन् ।
महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय विवादहरूको समाधान शान्तिपूर्ण माध्यमबाट मात्र सम्भव हुने पुनः दोहोर्याउँदै उक्त प्रक्रिया पूर्णरूपमा अन्तर्राष्ट्रिय कानुन, विशेषगरी संयुक्त राष्ट्रसंघको बडापत्रअनुरूप हुनुपर्ने स्पष्ट पारेका छन् ।
यसैबीच, कूटनीतिक प्रयासलाई सघाउन गुटेरेसका विशेष दूतहरू सम्बन्धित क्षेत्रमा सक्रिय रूपमा खटिएको जानकारी समेत दिइएको छ ।




.gif)





