images

२०८३ आश्विन २ गते

images
images
images

एसइई नतिजा वैशाख २८ वा २९ गते सार्वजनिक हुने तयारी

एसइई नतिजा वैशाख २८ वा २९ गते सार्वजनिक हुने तयारी

images
images
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • काठमाडौँ, २० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार नतिजा वैशाख २८ वा २९ गतेभित्र प्रकाशित हुने सम्भावना छ।

    images
    images

    चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईको उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ भने अहिले टेबुलेसनको काम तीव्र गतिमा भइरहेको बोर्ड स्रोतले जनाएको छ।

    स्रोतका अनुसार सबै उत्तरपुस्तिका जाँच पूरा भइसकेको र अन्तिम तथ्यांक मिलानको काम मात्र बाँकी रहेको छ। “अहिले टेबुलेसन भइरहेको छ, वैशाख २८ वा २९ गते नतिजा सार्वजनिक गर्ने तयारी छ,” स्रोतले भन्यो।

    images
    images

    विगतका वर्षहरूमा परीक्षा सकिएको करिब तीन महिनापछि नतिजा प्रकाशित हुने गरे पनि यस वर्ष बोर्डले एक महिनाभित्रै नतिजा निकाल्ने तयारी गरेको हो।

    यस वर्ष एसइई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend