images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

रघुगङ्गा गाउँपालिका

images
images
शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • म्याग्दी (बेनी), २३ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने विद्यार्थीलाई नगद रु एक लाख २० हजार पुरस्कार वितरण गरिएको छ । 

    images
    images

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्नुभएको हो । रघुगङ्गा गाउँपालिका–२ र ३ राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परीक्षा २०८२ मा ए प्लस ग्रेड ल्याउनेलाई जनही रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको हो । 

    यस वर्ष रघुगङ्गा माविबाट ए प्लस ग्रेड ल्याउने एक जना र ए ग्रेड ल्याउने सात जना, मुक्तिधाम माविबाट साधारण र प्राविधिक धारतर्फ ए प्लस ग्रेड ल्याउने तीन जना र ए ग्रेड ल्याउने ६ जना, ज्ञानोदय माविबाट ए ग्रेड ल्याउने एक जना र दृष्टिविहिन दुई जनालाई नगद पुरस्कार प्रदान गरिएको हो। 

    images
    images

    शाहीले यस वर्ष ए प्लस ग्रेड ल्याउने चार जनालाई जनही रु १० हजार र ए ग्रेड ल्याउने १४ जना तथा दुई दृष्टिबिहीन गरी १६ जनालाई जनही रु पाँच हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गर्नुभएको हो । विगत पाँच वर्षदेखि एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई उहाँले पुरस्कार वितरण गर्दै आउनुभएको छ । उहाँले चार जिपिए ल्याउने विद्यार्थीलाई जनही रु ५० हजार पुरस्कार दिने घोषणा गर्नुभएको थियो । 

    मुक्तिधाम माविका विद्यार्थीलाई सोही विद्यालयमा पुरस्कार वितरण गरिएको छ भने ज्ञानोदय मावि र रघुगङ्गा माविका विद्यार्थीलाई रघुगङ्गा मावि पिप्लेमा पुरस्कार वितरण गरिएको हो । पिप्लेमा आयोजित कार्यक्रममा रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाही, रघुगङ्गा माविका व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा र प्रधानाध्यापक  रमेशसिंह ठकुरीले पुरस्कार वितरण गर्नुभयो । सोही अवसरमा शाहीले आफ्नो बुबाको सम्झनामा रघुगङ्गा माविमा स्थापना गर्नुभएको रु ६ लाख ११ हजार राशिको देवबहादुर शाही अक्षयकोषबाट रघुगङ्गा माविका सबै कक्षाका विद्यार्थीलाई विभिन्न विधातर्फ पुरस्कृत गर्नुभएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend