images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका...

इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त

इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • इरान । इरानका सर्वोच्च नेता मोजताबा खामेनीले घोलामहोस्सेन मोहसेनी–एजेईलाई दोस्रो पाँचवर्षे कार्यकालका लागि न्यायपालिका प्रमुखमा पुनः नियुक्त गरेका छन् । आइतबार इरानी सञ्चारमाध्यममा प्रकाशित आदेशमा सर्वोच्च नेता खामेनीले मोहसेनी–एजेईले पहिलो कार्यकालमा न्यायपालिकाको नेतृत्व गर्दै गरेको योगदानको प्रशंसा गरेका छन् ।उनले आफ्ना पूर्ववर्ती अली खामेनीद्वारा जारी निर्देशन तथा जुनको अन्त्यमा आफूले व्यक्त गरेका भनाइले इरानको न्यायपालिकामा सुधारका प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । 

    images
    images

    जुन २८ मा जारी सन्देशमा सर्वोच्च नेता खामेनीले हालैको युद्धका क्रममा संयुक्त राज्य अमेरिका र इजरायलले गरेका भनिएका ‘अपराध’बाट प्रभावित इरानी नागरिकका अधिकारको संरक्षण र पुनःस्थापनाका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाउन न्यायपालिकालाई निर्देशन दिएका थिए। साथै, ती घटनाका सम्बन्धमा स्वदेशी तथा अन्तर्राष्ट्रिय अदालतमा गम्भीरतापूर्वक मुद्दा अघि बढाउनुपर्नेमा उनले जोड दिएका थिए । मोहसेनी–एजेई पहिलो पटक सन् २०२१ को जुलाईमा न्यायपालिका प्रमुख नियुक्त भएका थिए । इरानको संविधानअनुसार न्यायपालिका प्रमुख नियुक्त गर्ने अधिकार सर्वोच्च नेतामा निहित छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend