images

२०८३ आश्विन २ गते

images
images
images

सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै

सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । सरकारले सात हजार मिटरभन्दा माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ ।सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा सात हजार मिटरभन्दा माथिको हिमाल नचढी सिधै सगरमाथा चढ्न नपाइने प्रावधान राख्न लागिएको जानकारी दिए ।

    images
    images

    सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढ्दै जाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वाभाविक रहेको बताए । हिमाललाई मात्र पर्यटनको मुख्य आधार बनाउनु भन्दा अन्य क्षेत्रमा पनि ध्यान दिनुपर्ने उनले बताए ।उनले एउटै मात्र क्षेत्रमा प्रवर्द्धन गर्दा पर्यटन दिगो हुन नसक्ने भएकाले पर्यटनका विभिन्न आयाममा प्रवेश गर्ने योजना ल्याइएको जानकारी दिए ।त्यस्तै मन्त्री पौडेलले लक्ष्यअनुसार पर्यटक भित्राउन गाह्रो भए पनि हालको अवस्थामा भारतीय पर्यटकको ठूलो चाप देखिएको बताए । पर्यटन प्रवर्द्धनका लागि सरकारी, निजी, गैरसरकारी, दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend