images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • स्टार्टअप गर्न चाहने विद्यार्थीलाई पीसीपीएस कलेजले...

स्टार्टअप गर्न चाहने विद्यार्थीलाई पीसीपीएस कलेजले बीउ पुँजी उपलब्ध गराउने

स्टार्टअप गर्न चाहने विद्यार्थीलाई पीसीपीएस कलेजले बीउ पुँजी उपलब्ध गराउने

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौ । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले आफ्ना विद्यार्थीमा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले स्टार्टअप गर्न चाहने उत्कृष्ट परियोजनालाई बीउ पुँजी उपलब्ध गराउने घोषणा गरेको छ।

    images
    images

    काठमाडौंमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै एलबीईएफ ग्रुपका अध्यक्ष पंकजकुमार जालानले युवा प्रतिभालाई स्वदेशमै उद्यम सुरु गर्न प्रोत्साहन गर्न कलेजले ‘युवा उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालनमा ल्याएको जानकारी दिए। उनका अनुसार उत्कृष्ट व्यावसायिक परियोजनाका आधारमा छनोट भएका विद्यार्थीले बीउ पुँजीसँगै आवश्यक प्राविधिक तथा व्यवसायिक परामर्शसमेत प्राप्त गर्नेछन्।

    अध्यक्ष जालानले नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि विदेश जानुपर्ने सोच परिवर्तन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न कलेजले यो अवधारणा अघि सारेको बताए। उनले नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्दै विद्यार्थीलाई रोजगार खोज्नेभन्दा रोजगार सिर्जना गर्ने दिशामा अघि बढाउन कार्यक्रम केन्द्रित रहने उल्लेख गरे।

    images
    images

    उनका अनुसार कलेजबाट दीक्षित विद्यार्थीले आफ्नो स्टार्टअपको प्रकृति र व्यवसायिक योजनाअनुसार आवश्यक प्रारम्भिक लगानी, मार्गदर्शन तथा परियोजना विकासमा सहयोग पाउनेछन्। यसले प्रविधिमा आधारित नयाँ व्यवसाय स्थापना र नवप्रवर्तनलाई गति दिने विश्वास व्यक्त गरिएको छ।

    बेलायतको प्रसिद्ध बेडफर्डशायर विश्वविद्यालयसँग आबद्ध पीसीपीएस कलेजले यस वर्ष कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२५ तर्फ ३२ जना तथा सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२६ तर्फ २५ जना गरी कुल ५७ जना विद्यार्थीलाई दीक्षित गरेको छ।

    कार्यक्रममा एलबीईएफ ग्रुपका कार्यकारी निर्देशक प्रकाश कजेरीवालले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए। बेडफर्डशायर विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु चर्चले पनि पीसीपीएससँगको सहकार्यलाई थप विस्तार गर्दै नेपाली विद्यार्थीलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    सन् २०१७ मा स्थापना भएको पीसीपीएस कलेजले अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि तथा सफ्टवेयर शिक्षा नेपालमै उपलब्ध गराउँदै दक्ष जनशक्ति उत्पादन र उद्यमशीलता विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend