images

२०८३ आश्विन २ गते

images
images
images

मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’

मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • ताप्लेजुङ २५ असार । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उत्कृष्ट बगैँचा निर्माण गर्ने तीन विद्यालयलाई पुरस्कृत गर्ने भएको छ। ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’ लागू गरेको गाउँपालिकाले पालिकाभित्रका ३६ वटा सामुदायिक विद्यालयमध्ये उत्कृष्ट तीन विद्यालय छनोट गरी पुरस्कार प्रदान गर्न लागेको हो ।
     
    उक्त कार्यक्रमअन्तर्गत सिंहदेवी आधारभूत विद्यालय, मेरिङ्देन–२, सान्थाक्रा प्रथम भएको छ । यस्तै, चण्डीडाँडा आधारभूत विद्यालय, मेरिङ्देन–४, लिङ्तेप द्वितीय र पृथ्वी माध्यमिक विद्यालय, खाम्लुङ तृतीय भएको छ ।
     
    छनोट भएका विद्यालयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार बराबरको पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । उक्त पुरस्कार रकम सम्बन्धित विद्यालयको खातामा कर कट्टी गरी पठाइनेछ । 
     
    विद्यालय परिसरलाई आकर्षक, स्वच्छ र हरियाली बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको अध्यक्ष यूक हा विर हाँगाम् (डम्बर) ले जानकारी दिए । गाउँपालिकाले गठन गरेको मूल्याङ्कन समितिले कार्यविधिमा उल्लेख गरिएका सूचकाङ्कका आधारमा विद्यालयको अनुगमन तथा मूल्याङ्कन गरी अङ्क प्रदान गरेको थियो । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend