images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको...

जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी

जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • अमान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेस मा प्रतिआक्रमण गरेको दाबी गरेको छ ।आइतबार बिहान इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीले सार्वजनिक गरेको आईआरजीसीको विज्ञप्तिअनुसार उक्त हवाई अड्डामा धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। आक्रमणबाट कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन भण्डारण ह्याङ्गरहरू नष्ट भएको आईआरजीसीले दाबी गरेको छ ।

    images
    images

    प्रिन्स हसन एयर बेस जोर्डनको वायुसेनाद्वारा सञ्चालन हुँदै आएको सैन्य हवाई अड्डा हो । अमेरिकी सेनाले इरानको दक्षिणी तटीय क्षेत्रमा रहेका सैन्य अड्डा र दूरसञ्चार टावरहरूमा गरेको हवाई आक्रमणको तत्काल प्रतिशोध भएको आईआरजीसीले यो आक्रमण जनाएको छ । विज्ञप्तिमा अमेरिकाले थप आक्रमण गरे त्यसको अझ कडा जवाफ दिइने चेतावनी पनि दिइएको छ ।यस घटनाबारे प्रतिक्रिया लिन अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)सँग सम्पर्क गरिएको भए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend