images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण...

त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द

त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ । केन्द्रले एक आधिकारिक सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएसँगै यो निर्णय गरिएको जनाएको हो । नयाँ कानुनी व्यवस्थाअनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ । ​यस नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले मिति २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ। 

    images
    images

    २०८३ साल असार ३२ गते प्रकाशित सूचना अनुसार साउन १ गतेभन्दा पछि समकक्षता निर्धारणका लागि आवेदन दिन चाहने विद्यार्थी तथा सरोकारवालाहरूले अब विश्वविद्यालय अनुदान आयोगमा सम्पर्क गर्नुपर्नेछ ।

     

    747777973_27659070770427732_6604603067339660761_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend